राजधानी सार्ने कुरा स्वीकार्य हुँदैनः एमाले सचिव भट्ट

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका छन् । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै पूूर्व उद्योगमन्त्री समेत रहेका भट्टले राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत भट्टको थियो ।

maya metro hospital

‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने, ‘उहाँ हिजोको संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुभएको छ। कांग्रेसको आफ्नो चरित्र देखाउनुु भएको छ ।’

joshi vada pasal 2

अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका भट्टले अहिलेको सरकार र संसद अघिल्लोकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए । ‘कुनै पनि निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दायित्व हुन्छ ।

अहिलेको सरकार हिजोको सरकारको निरन्तरता हो । हिजोको सरकार र संसदले गरेका सबै किसिमका निर्णय नमान्ने हो भने ती बनाएका नीतिहरु, योजनाहरु कानूनहरु फेरी उहाँहरुले आफूू अनुकुल बनाउने त्यो हुँदैन । कुनै पनि मुुलुकमा जसले प्रजातन्त्र लोकतन्त्रमा विश्वास गर्छ त्यसले यस्ता अभिव्यक्तिहरु दिँदैन भन्ने लाग्छ,’ भट्टले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.