धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने

धनगढी – कैलालीको धनगढी उपमहानगरले नगरका बासिन्दालाई दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ । उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्थाको अन्त्य गर्न दाहसंस्कार खर्च स्वरुप घरमै गएर ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

maya metro hospital

कार्यपालिकाको आइतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गोपाल हमालले बताए ।

सोमबार उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तिम संस्कारका लागि शव वाहन र बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे नगर प्रमुख हमालले बताएका छन् ।

attariya hospital

सेवाग्राहीले नगर प्रहरीबाटै शव वाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको नगर प्रमुख हमालले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.