सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

सुदूरपश्चिममा हरेक वर्ष असोज संक्रान्ति अर्थात् आजका दिन बुढी पोल्ने पर्व मनाइँदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको सम्झनामा यो पर्व मनाइन्छ । भाद्र संक्रान्तिका दिनमा ठड्याइएको लिंगो अर्थात् बुढीलाई आज पोलेर बन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रूपमा मनाइन्छ ।

maya metro hospital

यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरूले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझको लिंगो ठड्याई रूखहरू, रूखका हाँगाहरू काटेर एकै ठाउँमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

joshi vada pasal 2

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान् श्रीकृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लगाएको थियो । भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुसियालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको छ ।

आज गाईवस्तुहरूको गोबर थुपार्ने ठाउँमा काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन् र बेलुकीपख जलाउने चलन रहेको छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

सदियौँदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा बन्ढुनी पर्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.