लम्की – एकल तीज नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर पल्लवी बिसी प्रथम बन्न सफल भएकी छन । कैलालीको लम्कीचुहा नगरपालिका – ६ को आर्थिक सहयोगमा विकशिल मूल समितिको आयोजनामा भएको तीज नृत्य प्रतियोगितामा पल्लवी प्रथम बन्न सफल भएकी हुन ।

वडा कर्यालयले नै आयोजजा गरेको गत सालको तीज नृत्य प्रतियोगितामा पल्लवी तृतीय स्थान ल्याउन सफल भएकी थिईन् ।


लम्कीचुहा नगरपालिका कार्यपालिका सदस्य एवम् एकल तीज नृत्य प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि दिपा रावतले बधाई तथा शुभककामना दिदै अबिर, खादा लगाएर प्रमाणपत्र र पुरस्कार वितरण गरेकी थिईन् । प्रथम पुरस्कार पाउँदा आफूलाई निकै खुसी लागेको पल्लवीले बताईन् ।
पल्लवीको रचनात्मक काममा रुची भएपनि विशेष गरी नृत्यमा धेरै रुची राख्ने गरेको बुवा धनराज अविरलले बताए ।
