शुक्लाफाँटामा चरिचरन रोक्नै मुस्किल

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटा । बस्तीसँगै जोडिएको उक्त फाँटमा वन्यजन्तुभन्दा घरपालुवा जनावर बढी देखिन्छन् । बिहानदेखि साँझ अबेरसम्म यहाँ गाईगोरु र भैंसी देखिन्छन् । निकुञ्जभित्र चर्नका लागि आउने घरपालुवा जनावरका कारण जहाँ एकातिर वन्यजन्तुको चरनको आहारा घट्दै छ भने अर्कोतर्फ संरक्षित वन्यजन्तुलाई विभिन्न किसिमका रोग तथा महामारीको जोखिम समेत बढेको छ ।

maya metro hospital

बस्तीसँगै जोडिएका निकुञ्जको हरेक क्षेत्रमा घरपालुवा जनावर चर्नका लागि जाने गरेको पाइन्छ । दोधारा चाँदनी नगरपालिकादेखि भीमदत्त, वेदकोट, शुक्लाफाँटा नगरपालिका तथा लालझाडी र बेलडाडी गाउँपालिका निकुञ्जसँग जोडिएका छन् । निकुञ्ज आसपास बस्तीका बासिन्दाले पालेका पालेका पशुवस्तु चराउन बिहान जंगल पठाउने र साँझ घर फर्काउने गरेका छन् ।

joshi vada pasal 2

छाडा चौपाया भने रातिमा पनि निकुञ्जभित्रै हुने गरेका छन् । घरपालुवा वस्तुलाई कुनै रोगको संक्रमण हुँदा उपचार हुन सक्छ । तर उनीहरुबाट वन्यजन्तुमा हुने संक्रमण राेकथाम गर्न निकै गाह्रो छ ।

‘घरपालुवा जनावर निकुञ्जभित्र पस्दा वन्यजन्तुको विचरणदेखि, आहारा र उनीहरुको आनीबानीमा समेत प्रभाव पार्छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर भन्छन्, ‘चरिचरनका कारण वन्यजन्तुको आहारा कम हुने, उनीहरुको विचरणलाई प्रभावित पर्ने गर्छ ।’ उनकाअनुसार सबैभन्दा बढी घरपालुवा जनावरबाट वन्यजन्तुमा रोगहरु सरेर महामारी निम्तिन सक्छ ।’

raunak fals and silling

उनका अनुसार घरपालुवा जनावर निकुञ्जभित्र पस्ने ठाउँमा गिद्धको गुँडहरु बढेका छन् । छाडा चौपाया निकुञ्जभित्रै बस्ने र त्यहीँ मर्ने भएकाले गिद्धलाई आहारा सहज भएको छ । त्यसैले आसपास गुँडहरु बढेको अनुमान छ ।

घरपालुवा जनावरको चरिचरन भएको क्षेत्रमा घाँस बढ्न नपाउने‚ सानो हुने, सानाखालका स्तनधारी वन्यजन्तु (लघुना, खर मजुर जस्ता) को वासस्थान समेत मासिने गरेको सहायक संरक्षण अधिकृत ऐरले बताए । वन्यजन्तुको आनीबानीमा समेत परिवर्तन भइरहेको उनको भनाइ छ । संरक्षित क्षेत्रभित्र चराउन छाडिने घरपालुवा जनावरमाथि चितुवाको आक्रमणका घटनासमेत हुने गरेको भेटिएको उनले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले गरेको अध्ययनअनुसार पछिल्लो समयमा निकुञ्जभित्र पस्ने घरपालुवा जनावरको संख्या घट्दै छ । ‘घरपालुवा जनावर निकुञ्जभित्र पस्दा वन्यजन्तुमा जुनोटिक रोगहरुको संक्रमण बढ्न सक्छ,’ कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘सानो संख्यामा रहेका प्रजातिमा यो घातक हुन सक्छ, महामारीले प्रजाति नै लोप पनि हुन सक्छ ।’ विगतको तुलनामा घरपालुवा जनावरको प्रवेश कम भएकाले भविष्यमा अझै घट्दै जाने अनुमान गरिएको उनले बताए ।

निकुञ्जमा गत वर्ष बँदेलमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । घरपालुवा जनावरका कारण यस्ता रोगहरुको वन्यजन्तुमा संक्रमणको जोखिम हुने जोशी बताउँछन् । उनकाअनुसार घरपालुवाबाट वन्यजन्तुमा मात्रै नभइ वन्यजन्तुबाट घरपालुवामा समेत रोगहरु सर्ने र यसले पशु चौपायामा पनि महामारीको रुप लिन सक्छ ।

सबैभन्दा बढी भीमदत्त नगरपालिकाको पिपरैया, बनकट्टी, हरिस फाँटा, पिटर घाट, वेदकोट नगरपालिकाको बर्निखेडा, रडाहा, चम्फापुर, हात्तीथला शुक्लाफाँटा नगरपालिकाको अर्जुनी, कालापानी, सिमलफाँटा, जोनापुरी, तारापुर र कालागौडीमा छाडा चौपाया बढी मात्रामा निकुञ्जभित्र पस्ने गरेका छन् । यसैगरी लालझाडीको ढक्का र बेलडाडीको इमिलिया, राधापुर तथा दोधारा चाँदनीको ढकनाघाट र महाकाली किनारमा ठूलो संख्यामा घरपालुवा पशुचौपाया निकुञ्जभित्र पस्ने गरेका छन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.