भारतले आठौँपटक एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले आठौँपटक उपाधिमाथि कब्जा जमाएको हो ।

श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६ ओभर १ बलमा पूरा गर्यो ।भारतको जितमा ईशान किशनले २३ रन तथा शुवमन गिलले २७ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १५ ओभर २ बलमा सबै विकेट गुमाएर ५० रनमात्र जोड्न सक्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन जोडे । भारतीय बलर मोहम्मद सिराजले ६ विकेट हात पारे । हार्दिक पाण्डयाले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
यादव एसिया कपकाे सर्वाेत्कृष्ट खेलाडी
भारतका स्पिनर कुलदीप यादव एसिया कपकाे सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । ५ खेलमा ९ विकेट लिएका यादव प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् ।
भारतले श्रीलङ्कालाई फाइनललाई हराएर आठाैँ पटक उपाधि जित्दा कुलदीप महत्त्वपूर्ण भूमिका निभाए । यद्यपि उनले फाइनलमा १ विकेट पनि लिन सकेनन् । उनले फाइनलमा १ ओभर गर्दै १ रन दिए ।
कुलदीपले ५ खेलमा २८ ओभर ३ बल गरे र यस क्रममा १ सय ३ रन दिँदै ९ विकेट लिए । उनले पाकिस्तानसँगकाे खेलमा २५ रन दिँदै ५ विकेट लिए । प्रतियाेगितामा कुलदीपकाे याे सर्वाेत्कृष्ट प्रदर्शन थियाे ।