चौमाला – सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाको आर्थिक सहयोग चौमाला–गोप्का बजार ब्यवस्थापन समिती, रेडक्रस उप–शाखा गौरीगंगाको समन्वय र वल्र्ड लिंकको सहकार्यमा चौमाला बजारमा बृहत खुल्ला तिज महिला नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।

मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी कुँवर पौडेल रहेकी थिइन । कार्यक्रममा बोल्दै पौडेलले प्रतियोगिता सन्देश मुलक रहेको बताइन । उनले यस्ता प्रतियोगिताले प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने बताइन् ।

‘सामाजिक विकास र सहकार्य हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिता पसुपती माविले पहिलो हुँदै नदग ५ हजार हात पा¥यो । त्यस्तै मालिका मावि द्धितिय हुँदै ३ हजार, डिआर मेमोरियल तेस्रो हुँदै २ हजार र सरिता ढुंगानाले १ हजारको सान्तवना पुरस्कार हात पारीन । नृत्य प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धामा रहेका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । महिलाहरूका लागि खुशी र उमंगका साथ पर्व मनाउने उपयुक्त वातावरण सृजना गर्नु प्रतियोगता आयोजना गरिएको संयोजक हेमन्त बाजेले बताए ।
उनले प्रतियोगिताले स्थानीय कलाकारहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न मदत पुग्ने बताए । कार्यक्रमको संचालन मेलमिलापकर्ता दयाराम विकले गरेका थिए भने स्वागत मन्तव्य लक्ष्मी बोगटी कुँवरले राखेकी थिइन् ।