धनगढी – धनगढीमा रहेका २ होटलमा प्रहरीले छापा हान्दा २ जोडी समातिएका छन । धनगढीको चौराहस्थित जोगबुढा होटल र चटकपुरको जोगबुढा होटलमा प्रहरीले छापा हानेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले छापा हान्दा २ होटलबाटै यौनजन्य क्रियाकलाप गर्ने÷गराउने साहुनीहरु सहित एक÷एक जोडीलाई समातिएको वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाले बताए ।

उनका अनुसार चौराहको होटलकी साहुनी इन्द्रा खड्का र चटकपुरकी साहुनी चन्द्रा देउवा सहित एक÷एक जोडीलाई समातिएको छ । अहिले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
