एसिया कप फाइनलमा आज भारत र श्रीलंका भिड्दै

 

श्रीलंकामा जारी १६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।

maya metro hospital

भारत–श्रीलंकाबीचको खेल दिउँसो ३ः१५ बजेदेखि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुनेछ ।

joshi vada pasal 2
raunak fals and silling

श्रीलंका लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ । उसले गत संस्करणमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

भारत आयोजक श्रीलंकालाई स्तब्ध पार्दै आठौँपटक एसिया कप उपाधि जित्ने रणनीतिमा छ । भारतले जारी प्रतियोगिताको सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा गरेको थियो । उसले सुपर फोरको तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गर्यो ।

भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदै बंगलादेशसँग भने हार बेहोर्न पुग्यो । श्रीलंकाले पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको टिकट सुरक्षित गरेको थियो ।

ऊ आज भारतविरुद्ध सुपर फोरमा बेहोरेको हारको बदला लिँदै एसिया कप च्याम्पियन बन्न चाहन्छ । हालसम्म श्रीलंकाले ६ पटक उपाधि जितेको छ । ऊ आज विजेता बन्दै सर्वाधिक उपाधि जित्ने भारतको कीर्तिमान बराबर पनि गर्ने सोचमा छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.