अत्तरियामा एन–फेकोफनद्धारा तिज विशेष कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको अत्तरियामा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (एन–फेकोफन) ले तिज विशेष कार्यक्रम आयोजना गरेको छ । शनिबार अत्तरिया उद्योग वाणिज्य संघको प्राङ्गणमा तिज विशेष कार्यक्रम आयोजना गरिएको हो ।

maya metro hospital

एन–फेकोफनका अध्यक्ष दान बहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा प्रमुख अथिति रहेकी थिइन् ।

joshi vada pasal 2
raunak fals and silling

कार्यक्रममा सहभागि महिलाहरुले दर खाएर तिजका गितमा नृत्य गर्दै देउडा गाएर रमाइलो गरेका थिए । तिजका परम्परागत संस्कृती जोगाउन र वन संरक्षणमा जागरुक गराउन जित विशेष कार्यक्रम आयोजना गरिएको एन–फेकोफनका महासचिव डण्डी राज सुवेदीले बताए । उनले तडकभडक नहुने गरी तिज कार्यक्रम आयोजना गरिएको बताए ।

तिज विशेष कार्यक्रमको संचालन एन–फेकोफन कैलालीकी सचिव लक्ष्मी भण्डारीले गरेकी थिइन ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.