बाजुरामा घरेलु मदिरा बरामद गरि नष्ट

बाजुरा – जिल्ला प्रहरी कार्यालय बाजुराले १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । शनिवार बडिमालिका नगरपालिका ९ गड्खेतमा लुकाइ छिपाई राखिएको अवस्थामा चेकजाँचको क्रममा घरेलु मदिरा फेला पारि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

maya metro hospital

गड्खेतका स्थानिय चक्र बडुवालको पसलमा चेकजाँच गर्दा १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ३ लिटर अवैध मदिरा समेत बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.