सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ ।

Karma Consultancy
belauri nagarpalika

तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

citizen security services

कैलाली सहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.