अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको जीवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले विपन्न बालबालिकालाई स्कुल ब्याग र स्टेसनरी सहयोग गरेको छ । शुक्रबार ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत १३ जना विपन्न बालबालिकालाई सहयोग गरेको हो ।

जसअन्तरगत प्रत्येक बालबालिकालाई स्कुल ब्याग सँगै एक दर्जन कापी र डटपेन वितरण गरिएको संस्थाकी अध्यक्ष पुनम कार्कीले जानकारी दिइन् ।


उक्त सामग्री एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाको प्रमुख अतिथिमा वितरण गरिएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख गोदावरी खत्री, सहकारीकी सल्लाहकार सुमित्रा सोप लगायत बालबालिका र अभिभावकको सहभागिता रहेको थियो ।
