शुक्लाफाँटामा गैँडाको आक्रमणमा परी एक महिलाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका–२ को गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको मृत्यु भएको हो ।

Karma Consultancy

च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

citizen security services

मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका थिए । मृतक महिलाको शव बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको हो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.