खाेज्नुहाेस

७० हजार रुपैयाँ बोकेको झोला महाकाली नदीमा खसेपछि…

Image

बैतडी – बैतडीकी भागरथी बोहराको ७० हजार रुपैया बोकेको झोला महाकाली नदीमा खसेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीवार महाकालीमा खसेको हो।

navjiwan hospital

झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो। केही दिन अघि मात्रै भारतमा रहेका श्रीमानले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन्। गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको गुनासो गरेकी छन्।

attariya hospital

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भिरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताए। सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन्।