बैतडीमा संविधान दिवसमा ब्याडमिन्टन प्रतियोगिता हुने

बैतडी – संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा असोज १ गतेदेखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

maya metro hospital

प्रतियोगितामा प्रथम हुने जोडीले १५ हजार, द्वीतियले १० र तृतीयले ५ हजार पुरस्कार पाउने कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

सहभागी हुन चाहनेले भदौ ३१ गते बेलुका ५ बजेसम्म टोली गर्दा गराउनसक्ने जनाइएको छ। टिम दर्ता शुल्क एक हजार राखिएको छ ।

attariya hospital

प्रतियोगिता अन्तर्गतका खेलहरु जिल्ला प्रशासन कार्यालयमा रहेको जगन्नाथ ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने कर्मचारी मिलन केन्द्र बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.