अत्तरियाबाट डोटी जाँदै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

अत्तरिया – कैलालीको अत्तरियाबाट डोटी जाँदै गरेको अटो डडेल्धुरामा दुर्घटना भएको छ । भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका–१ मेलखर्क नजिक बुधबार साँझ अटो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्युभएको हो ।

maya metro hospital

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

अटोमा तीन जना सवार रहेकोमा एक जना घाइते भएका छन । घाइते भएका बिरबहादुर कुँवरको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.