खाेज्नुहाेस

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

Image

बैतडी –बैतडीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पाटन –पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका–६ अड्तोलामा मंगलबार राति साढे ९ बजे जीप दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।

navjiwan hospital

डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा बैतडीको शिवनाथ गाउँपालिका – १ का प्रकाश चाड र उनकी ५ वर्षीया छोरी अनुस्का चाड घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रकाशको टाउको र अनुस्काको हातमा चोट लागेको प्रहरी निरीक्षक खत्रीले बताए ।

attariya hospital

घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपमा ११ जना सवार रहेका भएपनि अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।