लागुऔषधसहित २ जना पक्राउ

धनगढी – कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका –९ खक्रौलाबाट २ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही टीकापुर नगरपालिका – ७ का २२ वर्षीय रोशन बुढालाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Karma Consultancy

यस्तै धनगढी उपमहानगरपालिका४ तारानगरबाट ४ ग्राम १ सय ३० मिलिग्राम ब्राउन सुगर सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(८ बस्ने ३० वर्षीय गौरब बमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.