एशिया कपमा आज भारत र श्रीलंका भिड्ने

एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।नेपाली समय अनुसार दिउँसो ३:१५ बाट खेल शुरू हुनेछ।

maya metro hospital

प्रतियोगिताको सहआयोजक तथा साविक विजेता श्रीलंका अहिले राम्रो लयमा देखिएको छ। एकदिवसीय खेलमा श्रीलंकाले पछिल्लो १३ खेलमा लगातार जित हात पारिसकेको छ। र, यी १३ खेलमै श्रीलंकाले आफ्नो प्रतिद्वन्द्वीलाई ५० ओभर अगावै ‘अलआउट’ गरेको छ।

joshi vada pasal 2

यता, भारतले पनि प्रतियोगितामा उत्कृष्ट छाप छोडेको छ। गएराति सम्पन्न पाकिस्तान विरुद्धको खेलमा २२८ रनले विजयी भएसँगै भारत अहिले दुई अङ्क सहित अङ्कतालिकामा शीर्ष स्थानमा पनि छ। श्रीलंका विरुद्धको जितले भारतलाई सोझै फाइनलमा पुर्‍याउनेछ।

अङ्कतालिकामा श्रीलंका र पाकिस्तानको पनि समान दुई अङ्क छ। तर, रनरेटका आधारमा श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन्।सुपर फोरको चौथो टीम बाङ्लादेश भने शून्य अङ्क सहित पुछारमा छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.