आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित

 

धनगढी – धनगढी हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा दोस्रो पटक स्थगित भएको छ । संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि आज मंगलबार धनगढीमा हुने भनिएको कार्यक्रम स्थागित भएको छ ।

Karma Consultancy

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवका अनुसार नेम्वाङको निधनले मुलुक नै शोकमय भएकाले कार्यक्रम स्थगित भएको बताए । यसअघि भदौ १३ गते कार्यक्रम तय गरिएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव नआउने भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

citizen security services

सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.