खाेज्नुहाेस

गौ संरक्षण र सामाजिक सद्भावका लागि धनगढीमा र्‍याली निकालिने

Image

अत्तरिया – कैलालीको धनगढीमा गौ संरक्षण र सामाजिक सद्भावका लागि मोटरसाइकल र्‍याली निकालिने भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन र शिव सेना नेपालले भोलि (बुधबार) धनगढीमा मोटरसाइकल र्‍याली निकाल्न लागेको हो ।

navjiwan hospital

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन धनगढीले एक आह्वान जारी गर्दै दिउँसो १२ः१५ बजे धनगढी चौराहादेखि -याली सुरु गरिने जनाएको छ ।

attariya hospital

आह्वान पत्रमा भनिएको छ ‘देशको राष्ट्रिय जनावर गौमातालाई सार्वजनिक स्थानमा काटेर खान पाउनु पर्छ भन्दै सामाजिक सञ्जालमा मासु पकाएर खाएको सहित भिडियो सार्वजनिक गर्दा समेत हाम्रो देशको सरकारले मौन रहि दोषिलाई कारबाही नगर्दा आज सम्पूर्ण सनातनी ओमकार परिवार, किराँत परिवार सहितको आत्मा दुखेको हुदा यस्ता कुकर्मको बिरोध गर्दै समाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण मोटरसाइकल -यालीमा सम्पूर्ण देशभक्त राष्ट्रप्रेमी राजनैतिक दल, सम्पूर्ण आस्थावान जनसमुदाय र ॐ कार परिवार लगायत धार्मिक संघसस्थाहरुको उपस्थितिका लागि हार्दिक अपिल गर्दछौं ।’