गोदावरी होटल व्यवसायी संघद्धारा तिज विशेष कार्यक्रम आयोजना

अत्तरिया – गोदावरी होटल व्यवसायी संघले तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सोमबार संघले तिजे विशेष दर खाने कार्यक्रम आयोजना गरेको हो ।

maya metro hospital

गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना देवी चोखालको अध्यक्षतामा भएको तिज विशेष कायक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिइन् । कार्यक्रमा बिशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिइन् ।

joshi vada pasal 2
raunak fals and silling

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवकोटाले तिजलाई भड्किलो नबनाउन आग्रह गरीन् । उनले पछिल्लो समय तिजमा छाडापन देखिन थालेकाले त्यसका रोक्न सवैको अहम भूमिका हुने बताइन् । ‘पछिल्लो समय तिजका नाममा एक महिना अगाडी देखि छाडापन देखिन थालेको छ । हामीले तिजको संस्कार जोगाउनको लागि लाग्नुपर्ने हुन्छ’ उनले भनीन् ‘हामीले चाडपर्वहरुलाई तडक भडक गरेर मनायौ भने विपन्न वर्गका महिला दिदी बहिनी कसरी मनाउने ।’

उनले तिजलाई धेरै खर्चिलो बनाउनुको सट्टा गरिब असाहयलाई सहयोग गर्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै होटल व्यवसायी संघकी अध्यक्ष चोखालले तिजको संस्कृति जोगाउनको लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले होटल व्यवसायमा लागेका महिलाहरु एक दिन भएपनि रमाइलो पनि गर्न पाएको बताइन ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.