बाजुरा – बाजुरामा एक समुहले २ जना युवकमाथि कुटपिट गरेको छ । बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


बाजुराको खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा लगेर खुकुरी, नक, काठले कुटपिट गरेको आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको बताए । सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको र संलग्नको खोजी कार्य भैरहेको बताए ।

घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुका अनुसार त्यो दिन पहिला सामान्य झगडा भएकोमा पछि १०/१२ जनाको समूहले कुटपिट गरेको थियो ।

प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको भन्दै मुद्दा कमजोर बनाएको आफन्तले आरोप लगाएका छन् । अहिलेसम्म कुटपिट संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले प्रहरीकै भूमिका पनि शंकास्पद रहेको बताएका छन् ।