कराँतेमा बैतडीका कलौनीलाई गोल्ड मेडल

belauri nagarpalika

बैतडी – भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ । नेपाललाई प्रथम स्थान हासिल गराउन बैतडी घर भएका राजेन्द्र कलौनीले गोल्ड मेडल प्राप्त गरे । नेपालले बङ्लादेशलाई हराएर प्रथम भएको हो । प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ ।

Karma Consultancy

नेपाललाई गोल्ड मेडल दिलाउन सफल कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीका अध्यक्षसमेत हुन । जापान कराँते डो.कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपाल सहित, भारत, बङ्गलादेश, भुटान र श्रीलंका सहभागी थिए । प्रतियोगितामा लाठी र कराँते मात्रै रहेको थियो । लाठीमा भने भारतले पहिलो स्थान पाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.