जयपृथ्वी र महाकाली राजमार्ग अवरुद्ध

बैतडी –  अविरल वर्षापछि पहिराका कारण महाकाली र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन्। जयपृथ्वीअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै दिउँसो साढे १ बजे सडक माथिबाट ढुङ्गा र पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो।

maya metro hospital

सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनले भने, “सडक माथिबाट ठूलो ढुङ्गा खसेको छ, जेसिबीको सहायताले ढुङ्गाको केही भाग फुटालेर सानो गाडी आवतजवात भइरहेको भए पनि पूर्णरूपमा खुल्न सकेको छैन। अर्को जेसिबी पनि पठाएका छौँ।”

joshi vada pasal 2
raunak fals and silling

यस्तै पहिरो खस्दा महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ खम्तोलामा दिउँसो ३ बजे पहिरो जाँदा अवरुद्ध बनेको छ। राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरूपमा बन्द भएको र यात्रु बीचबाटोमै अलपत्र परेका छन्। राजमार्ग सुचारु गर्न जेसिबी पठाइएको छ।

यसअघि आजै बिहान धरमघर नजिकै पहिरो खस्दा महाकाली राजमार्ग पनि अवरुद्ध भएको थियो। लगातारको वर्षाका कारण धरमघरमा पनि पहिरो आउने क्रम रोकिएको छैन तर जेसिबी राखिएकाले पहिरो खस्ने बितिक्कै पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।

रासस

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.