पाकिस्तान र भारतबिचको बाँकी खेल आज हुने

एशियाकप–२०२३ को सुपर–४ अन्तर्गतको जारी भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण हिजो स्थगित भएको छ । अब बाँकी खेल आज खेलिने छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुने छ ।

maya metro hospital

कोलम्बो स्थित प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा १ सय ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । भारी वर्षाका कारण आउट फिल्ड गिलो भएपछि खेलले निरन्तरता पाउन सकेन ।

joshi vada pasal 2

भारतले पाकिस्तान विरुद्ध राम्रो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि ओपनरहरु रोहित शर्मा र शुभमन गिलले १ सय ४७ रनको साझेदारी गरे। कप्तान शर्मा १६.४ ओभरमा ५६ रनमा सादब खानको बलमा फहिम असर्फ द्वारा क्याच आउट भए । लगातै अर्को ओभरमा अर्का ओपनर शुभमन गिल शहिन साह अफ्रिदीको बलमा ५८ रनमा आउट भए ।

कप्तान रोहितले भारतका लागि ५० औं अर्धशतक पुरा गर्दा शुभमनले ८ औं अर्धशतक प्रहार गरे । शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाएका थिए । त्यस्तै गिलले ५२ बलमा १० चौका प्रहार गरे । अहिले क्रिजमा विराट कोहली १६ बलमा ८ रन बनाएर अविजित रहँदा उनलाई केएल राहुलले १७ रन बनाएर साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.