खाेज्नुहाेस

प्रतिभा पुस्तकालयमा बीपी जयन्ती मनाइँयो

Image

अत्तरिया– कैलालीको अत्तरियामा बीपी कोइरालाको ११० औं जन्मजयन्ती मनाइएको छ । प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आइतबार स्व. बीपी प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको चर्चा गरिएको हो ।

navjiwan hospital

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व राष्ट्रिय सभा सदस्य हिरा दत्त भट्ट रहेका थिए ।

attariya hospital

त्यस्तै विशिष्ठ अतिथीमा पूर्व माननिय बिजय कुंवर, सुदूरपश्चिम साहित्य समाज कैलालीका अध्यक्ष तिर्जराज पाण्डेय, नेपाली साहित्य तथा संस्कृतीक प्रतिष्ठान गोदावरीका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ रहेका थिए ।

कार्यक्रममा वक्ताहरुले बीपीको विचार आजको समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । प्रतिभा सामुदायिक पुस्तकालयका उपाध्यक्ष योगन्द्र प्रसाद हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पुस्तकालयका सदस्य हेमन्तराज जोशी ‘बाजे’ ले संचालन गरेका थिए ।