बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता : मन्त्री भट्ट

बैतडी – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता रहेका बताएका छन् । आइतबार ११० औं बिपी जयन्तीको अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।

maya metro hospital

उनले भने, ‘बिपी कोइराला राष्ट्रक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनुहुन्थ्यो, राष्ट्रयता लागि सबै लडिरहने व्यक्तित्व हुनुहुनथ्यो ।’ राष्ट्रयता,स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभुत चाहना हुन भन्ने बिपीले युवाहरुलाई संगठित गर्न नेविसंघ र तरुण दलको स्थापना गरेको मन्त्री भट्टले बताए ।

पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको भन्दै मन्त्री भट्टले वैचारिक आन्दोलनको आवश्यकता रहेको औँल्याए । उनले भने, ‘कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पु¥याउन जरुरी छ ।

attariya hospital

यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ ।’ कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका थिए । उनको जन्म विस १९७१ भदौ २४ गते भएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.