धनगढीबाट नक्कली मह बनाउने सामग्री सहित भारतीय युवक पक्राउ

अत्तरिया – कैलालीको धनगढीबाट नक्कली मह बनाउने सामग्री सहित भारतीय युवक पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका – २ फनपार्क नजिकै रहेको रमेश कुमार सैजुको कच्ची टहरामा भाडामा बस्ने भारतको उत्तर प्रदेश देवापार थाना–नगरका ३० बर्षीय जुमाईदिन अन्सारी पक्राउ परेका हुन ।

maya metro hospital
raunak fals and silling

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट चिनी पगालेर मह भनी बिक्री गर्नका लागि प्लाष्टिकको गेलन (डिब्बा) मा प्याक गरी राखेको अवस्थामा ४ सय केजी मह जस्तो देखिने पदार्थ फेला पारेको छ ।

joshi vada pasal 2

यस्तै बिना महको माहुरीको चाका ५ केजी, कुट २ केजी, कडाई थान १ (एक) र चिनी ५० केजी गरी खाने पिउने वा सेवन गर्न नहुने जस्ता कमसल पदार्थ वा निर्धारीत स्तर भन्दा न्यूनस्तरको मिसावटयुक्त खाद्य पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी, सामान खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाली, वाणिज्य कार्यालय, धनगढी उप–महानगरपालिकाबाट खटि आएको संयुक्त टोलिले बरामद गरी कार्वाहीको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको जनाइएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.