खाेज्नुहाेस

पहिरोको कारण केआसिंह राजमार्ग अबरुद्ध

Image

डडेल्धुरा – गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । रडुवाखोलामा सडकमाथिबाट सुख्खा पहिरो खस्दा सडक पहाडी जिल्ला डोटी, अछाम र बाजुराको आवतजावत रोकिएको हो । शनिवार रातिदेखिको लगातार वर्षाका कारण राजमार्गमाथिबाट पहिरो आएको थियो । आइतबार अपरान्हसम्म राजमार्ग सुचारु गर्न सकिएको छैन ।

navjiwan hospital

सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरिक्षक डिएसपी मनोहरप्रसाद भट्टले बताए । सुख्खा पहिरो गएको ठाउँमा जेसिभीसमेत लगाएर बाटो खुलाउने प्रयास गरिरहेको डिएसपी भट्टले जानकारी दिए ।

attariya hospital

यस्तै रडुवामा पहिरो संगै आएको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको हो । म १ प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ ।

शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो । घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएको थियो । आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।