देउडा सुदूरपश्चिमको पहिचान हो : प्रदेश प्रमुख जोशी

दोधारा चाँदनी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् । शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए ।

Karma Consultancy

“सुख दुःख साट्न र भेटघाटका लागि देउडा एउटा उपयोगी माध्यम बनेको छ”, प्रदेश प्रमुख जोशीले भने, “समाजको विकासका लागि संस्कृतिको ठूलो भूमिका हुन्छ ।” उनले पछिल्लो समय विभिन्न सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेकाले पछिल्लो पुस्ताले समेत संस्कृतिको बारेमा जान्ने अवसर पाएको बताए ।

citizen security services
belauri nagarpalika

“अहिले देउडा सुदूरपश्चिममा मात्रै नभई काठमाडौँमा समेत भव्यरुपमा हुने गरेको छ”, उनले भने, “यसले सुदूर र कर्णालीको संस्कृति देशभरिका नागरिकले देख्न पाएका छन् ।” सो अवसरमा सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री लालबहादुर खड्काले देउडा मनोरञ्जनका लागि मात्रै नभई देउडामा यहाँको संस्कृति र सभ्यता भएकाले यसको जर्गेना गनुपर्नेमा जोड दिए ।

attariya hospital

कार्यक्रममा प्रदेश प्रमुख जोशीसँगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश रावल र लालबहादुर खड्का भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहरालगायतले मन्तव्य राखेका थिए । सो समारोहमा प्रदेश प्रमुख र प्रदेशसभा सदस्यलगायतका व्यक्तिले देउडा खेलेका थिए ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.