इँटा उद्योग महासंघको अध्यक्षमा बुडाल निर्वाचित

धनगढी – नेपाल इँटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष बलदेवसिंह बुडाल निर्वाचित भएका छन् । शनिबार धनगढीमा भएको पहिलो अधिवेशनबाट बुडालको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको छ ।

maya metro hospital

प्रदेश अध्यक्ष पदका लागि भएको निर्वाचनमा बुडालले ४० मत पाउँदा निकटतम प्रतिस्पर्धी विनोदकुमार शाहले १५ मत पाएका छन् भने २ मत बदर भएको थियो ।

joshi vada pasal 2

महासंघको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर बोहरा, उपाध्यक्षमा मुक्ति सुवेदी, महासचिवमा भरत विष्ट, कोषाध्यक्षमा सुरत श्रेष्ठ, सदस्य महाकालीमा करणसिंह धामी र सदस्य सेतीमा तेज भण्डारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.