खाेज्नुहाेस

सहकारी केन्द्र कैलालीको कार्यसमिति चयन

Image

अत्तरिया – नेकपा (माओवादी केन्द्र) को भातृ संगठन सहकारी केन्द्र नेपाल कैलालीको कार्यसमिति चयन गरिएको छ । शनिबार बसेको प्रथम जिल्ला भेलाबाट कमल भुलको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

navjiwan hospital

समितिको उपाध्यक्षमा ईन्द्रा बिक, सचिवमा सुन्दर धामी, सह– सचिवमा दुर्गा शाह र कोषाध्यक्षमा जय करण चापागाईं चयन भएका छन् ।
सहकारी केन्द्र प्रदेश उपाध्यक्ष माया बिष्टको अध्यक्षता कैलालीको साडेपानीमा बसेको भेलाका प्रमुख अतिथि माओवादीका केन्द्रिय सदस्य एवम् कैलाली ईन्चार्ज टेकेन्द्र भट्ट रहेका थिए ।

attariya hospital

भेलामा कैलाली जिल्ला संयोजक लाजुराम चौधरी (अङ्कित), सहकारी केन्द्रका केन्द्रिय उपाध्यक्ष उर्मिला चौधरी, पार्टी प्रदेश कमिटी सदस्य एवम् सहकारी केन्द्र कैलाली जिल्ला फ्र्याक्सन ईन्चार्ज धर्म सिंह कुँवर लगायतको सहभागिता रहेको थियो ।

भेलाको संचालन सहकारी केन्द्रका प्रदेश सदस्य खडक भट्टले गरेका थिए ।