धनगढी – कैलालीमा एक बालकमाथि हँसिया प्रहार भएको छ । लम्की चुहानगरपालिका – ४ का ११ वर्षीय बालक धिरेन्द्र थापामाथि हँसिया प्रहार भएको हो ।

उनलाई मानसिक अवस्था ठिक नभएका स्थानीय ४५ बर्षीय प्रेमबहादुर विष्टले हँसिया प्रहार गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

हँसिया प्रहारबाट घाइते भएका बालकको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । हँसिया प्रहार गर्ने विष्टलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।