कञ्चनपुरबाट लागुऔषधसहित सब–इन्जिनियर पक्राउ

महेन्द्रनगर – कञ्चनपुरबाट लागुऔषध सहित सव इन्जिनियर पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० सडकघाटबाट नौ दसमलब ४२ ग्राम लागुऔषध सहित बेलौरी नगरपालिका ३ का २५ वर्षका हरिश रेग्मीलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको प्रहरी चौकी भुडाका प्रहरी जवान जवान महेश कुमार भट्टले बताए ।

joshi vada pasal 2

पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका रेग्मी अछाम सडक डिभिजन कार्यालयका सब इन्जिनियर हुन ।

पक्राउ परेका रेग्मी माथी गप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.