सचेतनामुलक कार्यक्रम गर्दै युवा संघ गोदावरीको दोस्रो वडा अधिवेशन सम्पन्न

अत्तरिया – राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगर कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगर कमिटीको आयोजनामा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दै गोदावरी नगरपालिका – ५ मा दोस्रो वडा अधिवेशन सम्पन्न भएको हो ।

maya metro hospital
raunak fals and silling

अधिवेशनबाट चित्र बहादुर चन्दको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्ष माया बोहरा बिष्ट, सचिवमा सन्तोश बोहरा, सह–सचीवमा लक्ष्मन चौधरी र अनमिका शर्मा चयन भएका छन ।

joshi vada pasal 2

सुरज गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य चक्र बोहरा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा विशिष्ट अथिती युवा संघ गोदावरी नगर अध्यक्ष उत्तम महरा,  अतिथीमा सुद्दिराम चौधरी, दिपक नेपाली, मोहनदेव पन्त, सुर्य खत्री, युवा संघ नगर उपाध्यक्ष अखिल नेपाल किसान संघ प्रदेस सदस्य लोकेन्द्र धामी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन अमर बिष्टले गरेका थिए । दोस्रो वडा अधिवेशनमा एकदिने लागू पदार्थ नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम पनि आयोजना गरिएको थियो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.