चौमालामा तिज विशेष महिला नृत्य प्रतियोगिता गरिने

चौमाला – कैलालीको चौमालामा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

maya metro hospital

गौरीगंगा नगरपालिकाको आर्थिक सहयोग गोप्का–चौमाला बजार ब्यवस्थापन समिती, वडा नम्बर १ को कार्यालय र रेडक्रस उप–शाखा चौमालाको समन्वयमा भदौ ३० गते प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक हेमन्त राज जोशी (बाजे) ले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ३ हजार, तृतिय हुनेलाई २ हजार र सान्तवना स्वरुप १ हजार पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा नगरपालिका भित्र बसोबास गर्ने व्यक्ति, विद्यालय, समुह, सहकारी, आमा समुहहरुले सहभागीता जनाउन सक्ने आयोजनकले जनाएको छ ।

attariya hospital

तिजमा रमाइलो संगै संस्कृति संरक्षणमा टेवा पु¥याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागीएको समितिका संयोजक जोशीले बताएका छन ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.