कञ्चनपुर जिल्ला फुटबल संघलाई फुटबल हस्तान्तरण

 

कञ्चनपुर – कञ्चनपुर जिल्ला फुटबल संघलाई फुटबल हस्तान्तरण गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख किशोर कुमार लिम्बूले कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्दलाई फुटबल हस्तान्तरण गरेका हुन ।

maya metro hospital

कञ्चनपुर फुटबल संघका महासचिव नितेश रावलका अनुसार , नगर प्रमुख लिम्बुले १५ थान फुटबल महेन्द्रनगर स्थित खुलामञ्चमा प्रशिक्षणमा रहेका खेलाडी र खेलकुद बिकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले फुटबल हस्तान्तरण गरेको बताए ।

फुटबल हस्तान्तरण कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्द, केशब चन्द महासचिव नितेश रावल , कञ्चनपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव भिमबहादुर थापा, कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य दिपक बोहरा , एन्फा प्रशिक्षक पुष्कर शाही लगायत खेलाडिको उपस्थिति रहेको थियो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.