मालाखेतीमा तिज विशेष कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको मालिका टोलमा तिज विशेष कार्यक्रमको आयोजना गरिएको छ । वडिमालिका लोक देउडा संस्कृति संरक्षण समितिको आयोजनमा शुक्रबार तिज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

Karma Consultancy

समितिका अध्यक्ष हिरा बिष्टको सभापतित्वमा भएको तिज विशेष कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा रोकाया रहेकी थिइन् ।

citizen security services

कार्यक्रममा महिलाहरुले तिजका गितमा नाच्दै रमाइलो गर्नुका साथै देउडा खेलेका थिए । कार्यक्रमको उद्घाटन शत्रमा अतिथिहरुले मन्तव्य पनि राखेका थिए । तिजको संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको समितिकी अध्यक्ष बिष्टले बताएकी छिन ।

attariya hospital

स्थानीय बिष्णु माया बुढाले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन स्थानीय कुवेर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.