
कञ्चनपुर – कञ्चनपुरमा क्रसर उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । बेदकोट नगरपालिका–७ को सुन्दरपुरमा सञ्चालित उदयदेव अनमोल क्रसर उद्योगमा करेन्ट लागेर भारतको उत्तर प्रदेश सहारानपुरका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाईते भएका फरमानलाई महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
