कञ्चनपुर – कञ्चनपुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । भिमदत्त नगरपालिका – २ भाँसीका २२ वर्षीय अविषेक चौधरी लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
बाटोमा बसी लागुऔषध प्रयोग गरिरहेको अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
उनको साथबाट ०.०५ ग्राम लागुऔषध खैरो हेरोईनसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।