छाडा चौपायाका कारण ६ लेन सडकमा दुर्घटनाको जोखिम

धनगढी – मोहना अत्तरिया ६ लेन सडकमा छाडा चौपायाका कारण दुर्घटना बढेका छन । १४ दशमलव २ किलोमिटर सडक खण्डमा गत आर्थिक वर्षमा मात्रै २४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका थिए । ती मध्ये ९ जना मानिसको त छाडा गाई गोरुमा सवारी साधन ठोक्किएर ज्यान गएको हो । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३ वटा सडक दुर्घटना भएका छन् । जसमा १ जनाको छाडा गाईसँग ठोक्किएर दुर्घटनामा परेर घाइते भएका छन् ।

Karma Consultancy

छाडा चौपाया दिनभर यताउति गए पनि बेलुकीको समयमा भने ६ लेन सडक खण्डमा आउने गरेका कारण बेलुकी तथा रातिको समयमा सडक दुर्घटनाका घटना घट्ने गरेका छन् । ६ लेन सडकसँग जोडिएको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा सडकमा गाई गोरुले गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीय महेश कठायत बताउँछन् ।

citizen security services

‘रातिको समयमा ६ लेन सडकमा मोटरसाइकलमा यात्रा गर्दा झन कालो रंगको गाई गोरु देखिँदैन र सडक दुर्घटनाका घटना घट्ने गरेका छन्,’ उनले भने,‘सडकमा बसेका गाई गोरुकै कारण सबैभन्दा बढी मोटरसाइकल चालकलाई समस्या भइरहेको छ ।’ सडक दुर्घटना चालक र यात्रु दुवैको लापरबाहीका कारण हुने गरेको भए पनि छाडा चौपायाले बाटो काटिदिँदा तथा रातिको समयमा सडकमा बसेका चौपाया नदेखिँदा ठोक्किएर बढी दुर्घटना भएको स्थानीय बताउँछन् । सो सडक क्षेत्रमा दुर्घटनाको अवस्था हेर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको उनी बताउँछन् ।

attariya hospital

‘सबैभन्दा बढी मोटरसाइकल नै दुर्घटनामा पर्ने गरेका छन्,’ उनले भने,‘मादक पदार्थ सेवन गरेर अर्कालाई ठोक्ने र आफै पनि पल्टने मात्रै नभई गाई गोरुसँग ठोक्किएर पनि मर्ने तथा घाइते हुनेको संख्या बढ्दो छ ।’

६ लेन सडक खण्डमा अत्याधिक सडक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जुक्ति निकालेको छ । ट्राफिकले ६ लेन सडक खण्डमा देखिएका छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम लगाउने गरेको हो । जसले गर्दा रातिको समयमा टाढैबाट गाई गोरुको घाँटी तथा सिङमा लगाइएको रेडियम चम्किने भएकाले सडक दुर्घटनाका घटना कम हुने निक्र्यौल निकाल्दै त्यस्तो गरेको जनाएको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकमा भेटिने छाडा चौपायाको सिङ तथा घाँटीमा रेडियम (रिफ्लेक्टिक स्टिकर) लगाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मल्लले बताए । उनले भने,‘सडक खण्डमा रातिको समयमा सवारी चालकको सहजताको लागि छाडाचौपायामा रेडियम लगाउन लागिएको हो ।

रेडियम लगाउनुका साथै गाई गोरुलाई सडकबाट धपाउने कार्य पनि गरिरहेको उनले बताए । ‘हामीले छाडा गाई गोरुको घाँटी तथा सिङमा रेडियम बाँध्ने गरेको छौँ,’ उनले भने,‘त्यसका साथै सडकमा रहेका छाडा गाई गोरुलाई त्यहाँबाट धपाउने गरेका पनि छौँ । सडक चौपायारहीत बनाउने हाम्रो उद्देश्य पनि हो ।’

दिनमा भन्दा रातिको समयमा झन सडकमा बढी चौपाया हुँदा समस्या भएको चालकले गुनासो गरेका कारण आफूहरुले रेडियम बाँध्ने गरेको उनले बताए । छाडा चौपाया र चालकको सुरक्षाका लागि रेडियम बाँध्ने कार्य धनगढी उपमहानगरपालिकाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले थालेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.