अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज शोक विदा दिइएको छ । नगरपालिकाको पशु विकास शाखामा कार्यरत पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधन भएको शोकमा आज विदा दिइएको हो । २०७६ सालदेखि कृष्णपुरको पशु विकास शाखामा कार्यरत बोहराको विहिबार विहान निधन भएको थियो ।


नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टद्धारा जारी गरिएको सूचनामा शुक्रबार नगरपालिका भित्रका सम्पूर्ण कार्यलय तथा शैक्षिक संस्थाहरुमा शोक विदा दिने निर्णय भएको उल्लेख छ ।

