गौरीगंगामा विविध सांस्कृतिक कार्यक्रम गरिने

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – ६ मा रहेको त्रिपुरा मन्दिरको प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा गौरा, श्रीकृष्ण जन्माष्टमी तथा तिज विशेष विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

maya metro hospital

भाद्र २२ र २३ गते हुन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका सदस्य चक्र बोगटीले जानकारी दिएका छन । कार्यक्रममा डेउडा दोहोरीका लागि विभिन्न ठाउँबाट आउने कलाकारहरूको व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको उनले बताए ।

नेपाली भाषा, कला, साहित्य, संस्कृति, रहनसहन, रीतिरिवाजको संरक्षण सम्वर्द्धन सँगै पर्यटन प्रवर्द्धनका लागि आयोजनामा हुन लागेको उक्त कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले गर्ने कार्यक्रम संयोजक पुरन सिं कडायतले बताएका छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.