बाजुरामा घरभित्र एक महिला मृत फेला, हत्याको आशंका

बाजुरा – बाजुरामा घरभित्र एक महिला मृत फेला परेकी छन् । बिहीबार बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन् ।
उनी बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी थिइनन् । बिहीबार पनि नदेखिएपछि उनको घरमा जाँदा मृत फेला परेपछि प्रहरीलाई खबर गरेको छिमेकी केशरकुमार बोहराले बताए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ ।

maya metro hospital

स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको दाबी गरेका छन् । उनी लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी थिइन् । शाहीको मुगु नखर्चीमा विवाह भएको थियो । श्रीमानले दोस्रो विवाह गरेपछि उनी डेढ दशकदेखि माइतीमा बस्दै आएकी थिइन् । उनले घरमै सानो पसल सञ्चालन गरेकी थिइन् ।

joshi vada pasal 2
raunak fals and silling

शाहीको शवलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी समेत दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले भने शाही घरभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए ।

‘उनको शरीर, अनुहारमा निलडाम छैन, घाँटीमा डोरी बाँधिएको छ । घटना अलि शंकास्पद छ । पोस्टमार्टम रिपोर्ट अनुसार घटनाको अनुसन्धान हुनेछ, अहिले पहिलो चरण अनुसन्धान भइरहेको छ,’ उनले भने ।

आफन्त तथा स्थानीयले अनुसन्धान गरी हत्यारा पत्ता लगाउन माग गरेका छन् । छिमेकीहरूको घरभन्दा टाढा भएको हुनाले रातको समयमा घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.