कृष्णपुरमा कार्यरत पशु विकास अधिकृत बोहराको निधन

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको पशु विकास शाखामा कार्यरत पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधन भएको छ । २०७६ सालदेखि कृष्णपुरको पशु विकास शाखामा कार्यरत बोहराको विहिबार विहान निधन भएको हो ।

maya metro hospital

उनको विहान एक्कासी घरमै बसेको बेला निधन भएको नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक पदम सिह ठगुन्नाले बताएका छन । बोहरा कृष्णपुर नगरपालिका – ४ मा बस्दै आएका थिए ।  उनले २०५५ सालमा निजामती सेवामा प्रवेश गरेका थिए ।

joshi vada pasal 2

यसैबीच बोहराको निधन भएको शोकमा नगरपालकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टद्धारा जारी गरिएको सूचनामा शुक्रबार नगरपालिका भित्रका सम्पूर्ण कार्यलय तथा शैक्षिक संस्थाहरुमा शोक विदा दिने निर्णय भएको उल्लेख छ ।

सूचनामा नगरपालिकामा कार्यरत एक इमान्दार र कर्मठ कर्मचारीको देहवसानले कार्यालयलाई अपूरणिय क्षति भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.