लम्कीबाट लागु औषधसहित दुई जना पक्राउ

कैलाली – कैलालीको लम्कीबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका – १ का ४७ वर्षीय सुरेश शाही र १९ वर्षीय रोहित चौधरीलाई लागुऔषधसहित पक्राउ परेका हुन ।

maya metro hospital

उनीहरुलाई बुधबार टीकापुर रोडबाट २ सय ५० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

joshi vada pasal 2

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिई गएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको र उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.