धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले गौरा पर्वकै लागि २ पटक सार्वजनिक बिदा दिएको छ । भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइसकेको धनगढी उपमहानगरपालिकाले पुनः एक पटक गौराकै लागि बिदा दिएको हो ।

धनगढीमा आज भदौं २१ गते पनि गौरा पर्वको बिदा दिएको छ । अत्यावश्यक सेवा बाहेक उप–महानगरपालिका कार्यालय एवं अन्तर्गतका सबै कार्यालयहरू र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचना मार्फत जनाइएको छ ।
