गोदावरी – ६ लालपुरमा अटो दुर्घटना हुँदा ५ जना घाईते

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा अटो दुर्घटना हुँदा ५ जना घाईते भएका छन । लालपुरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको सु.प.प्र.०२००१ ह १६५२ नम्बरको अटो दुर्घटना हूँदा ५ जना घाईते भएका हुन ।

maya metro hospital

अटो चालक गोबिन्द नेपालीले पैदल यात्री १२ वर्षीय बालक अभिसेक बि.क लाई बचाउन खोज्दा अनियन्त्रीत भएर अटो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अटो पल्टिदा पैदल यात्री बालक सहित अटोमा सवार सोही वडाकी ईन्द्रा साउँद, उनका २ वर्षिय छोरा दिपक साउँद, सोही ठाउँकी अमृता भट्ट र डोटीको दिपायल सिलगढी नगरपालिका– ४ का साईले साउँद घाईते भएका प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार दुर्घटनामा घाईते बालक अभिसेक वि.क बाहेक अन्य सबैको अवस्था सामान्य रहेकोछ । मध्यम अवस्था रहेका बालक अभिसेकलाई उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.